मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २१ मंगलबार o९:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुगुको रारा ताल क्षेत्रमा पुग्यो बिजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार o९:५५:oo

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा दुई हजार नाै सय ९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएकाे छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको चार सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई उपलब्ध गराएको हो ।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो । अब जलविद्युतगृहबाट उत्पादित विद्युत् २४सै घन्टा आपूर्ति हुनेछ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटेलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत् आपूर्ति पाएका छन् ।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ ।  प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए। 

यादवले भने, ‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पुर्‍याउन सफल भएका छौँ ।’