१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका नयाँदिल्ली
२o७९ असार १७ शुक्रबार २o:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा एकैदिन १७ हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार २o:१३:oo

बिहीबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० संक्रमित भएका छन्। हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। 

चौबीस घण्टाको समयावधिमा कोरोना संक्रमणमा २३ को मृत्यु भएको थियो । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार १३९ को मृत्यु भएको छ। हाल भारतमा एक लाख सात हजार १८९ सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता हिजो दोस्रो दिन हो।  

पछिल्लो एक दिनमा १४ हजार ४१३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाले कुल संख्या चार करोड २८ लाख ३६ हजार ९०६ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ।