१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायमा सुधारका लागि नैतिकताको विषय पाठ्यक्रममा समावेश हुनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार १७:४२:००

कायमकुमायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरेका । कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिबद्ध हुनुनपर्ने बताएका थिए । उनले छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

‘न्यायपालिकामा पूर्ण समस्या छ । काम गर्न सक्दैन भन्ने कुरा होइन, विकृति, विसंगति छन्, हामी त्यसलाई हटाउँदै जानेछौँ । सम्बोधन हुन्छ । हामी सबैको सुधारको लागि कटिबद्ध हुनुपर्छ । मैले पनि महसुस गरेको छु,’ उनले भने, ‘कानुनको हकमा विश्वविद्यालय छुट्टै हुनुपर्छ । सर्वोच्चबाट यसको प्रयास जारी रहन्छ । यस अभियानमा लाग्नुपर्छ । न्यायपालिकाको शुद्धीकरणको लागि यस्ता समस्या नआऊन् भन्नका लागि नैतिकताको विषयमा पनि विचार गर्नुपर्छ र पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ ।’