मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार o८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाको एपबाट हवाई टिकट किन्दा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार o८:४५:oo

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक दिने योजना ल्याएको छ । बैंकले असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी योजना ल्याएको हो । 

योजनाअनुसार बैंकका ग्राहकले ‘एनआइसी एसिया मोबाइल बैंक’ एप प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने जनाइएको छ । डिजिटल बैंकिङको अवधारणाअनुरूप यो एपमार्फत टिकट बुकिङमा ग्राहकले पहिलोटिकट बुकिङमा अधिकतम पाँच सय रुपैयाँ र दोस्रोपटकबाट एक सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । 

सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले नयाँ योजना ल्याएको बैंकको भनाइ छ । बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपयोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आइसर्भमार्फत अघि बढाइरहेको जनाइएको छ ।

जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आइपिओ आवेदनलगायतका सुविधाहरू ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपयोग गर्न सक्ने जनाएको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाइएको छ । हाल बैंकले देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।