Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १२ आइतबार ११:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार ११:२८:००

पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ११औँ गाउँ सभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पालिकामा बसोवास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताए ।

साथै ‘ग’ वर्गको अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जानकारी दिए । उनका अनुसार कार्यविधि निर्माण साउन १ गतेबाटै मासिक रु. एक हजारका दरले वितरण गरिनेछ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९–८० का लागि ६४ करोड ९८ लाख छ हजार पाँच सय ७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सारूले आगामी पाँच वर्षभित्र निस्दीलाई अतिकम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताए ।