१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ११ शनिबार
  • Sunday, 06 July, 2025
२o७९ असार ११ शनिबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजनाविरुद्ध उजुरी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ११ शनिबार १७:२५:oo

झापाको गौरादह नगरपालिकामा- ७ र ११ वर्षीय दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुषविरुद्ध जाहेरी परेको छ । पीडित परिवारले गौरादह– ३ का २९ वर्षीय तारावीर राईविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका हुन् । बलात्कार आरोपित राई र ती दुई बालिका छिमेकी हुन् । 

गत ५ असारमा ७ वर्षीया बालिका र ८ असारमा ११ वर्षीया बालिकालाई राईले चकलेट  दिई फकाएर आफ्नो घरमा लगी जबर्जस्ती करणी गरेको भनी कार्यालयमा उजुरी परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । ‘स्कुलबाट आउने क्रममा चकलेट दिएर पछि पैसा दिने भन्दै आफ्नै घरको कोठामा लगेर करणी गरेको जाहेरी आएको छ,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीले भने, ‘दुवै बालिकालाई सँगै राखेर बलात्कार गरेको जाहेरी आएको छ । तर, मिति भने फरक–फरक छ ।’

ती बालिकाहरूले विद्यालयको शिक्षिकालाई भनेको र शिक्षिकाले घर–परिवारमा भनेपछि घटना बाहिरिएको डिएसपी गिरीले बताए । पीडित फरक भएको र बलात्कार गरेको समय पनि फरक परेकाले दुईवटा छुट्टाछुट्टै जोहरी दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले राईलाई शुक्रबार साँझ पक्राउ गरेको छ । ‘शुक्रबार साँझ पक्राउ गरेका हौँ । शनिबार अदालत बन्द थियो,’ उनले भने, ‘आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाउँछौँ ।’ 

राईमाथि लागेको आरोप पुष्टि भएमा जन्मकैद हुनेछ । मुलुकी अपराध संहिताअनुसार १० वर्षमुनिका बालबालिकालाई जबर्जस्ती करणी गरेमा जन्मकैद हुने डिएसपी गिरीले बताए । यस्तै, १० वर्षमाथि र १४ वर्षमुनिका बालिकालाई जबर्जस्ती करणी भएको पुष्टि भए १८ देखि २० वर्ष कैद हुन सक्ने डिएसपी गिरीले बताए । राईमाथि दुईवटा मुद्दामा अनुसन्धान भइरहेको छ ।