१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ असार १० शुक्रबार २२:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुटवलको बजेट २ अर्ब ३५ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार २२:११:oo

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि दुई अर्ब ३५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमा चालूतर्फ ४८ प्रतिशत र पुँजीगत खर्चतर्फ ५२ प्रतिशत हुने गरी विनियोजन गरिएको छ । उपमहानगर नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष ०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट प्राप्त हुने समानीकरण ३४ करोड ८० लाख ससर्त अनुदान ४५ करोड २३ लाख, समपूरक अनुदान ६ करोड ४० लाख  रहेको उल्लेख छ।

 त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ६१ लाख ३३ हजार, ससर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख, समपूरक अुनदान २ करोड ९९ लाख रहेको छ । राजस्व बाँडफाँटबाट प्राप्त हुने ३१ करोड ९८ लाख र गत आवको अ.ल्या ३४ करोड ५८ लाख ६७ हजार रहेको छ ।  उल्लेखित आय अनुमानको तुलनामा व्यय अनुमान रु १५ करोड न्यून हुन जाने र सो न्यून भएको थप स्रोत परिचालन र प्रदेश तथा संघीय सरकारबाट विशेष अनुदान प्राप्त हुने विश्वासका साथ रु. २ अर्व ३५ करोडको आय व्ययको बजेट अनुमान पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ । 

नगर सभामा बजेट पेस गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरेकी छिन् । बुटवल उपमहानगरले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरवासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ । सहज खानेपानी आपूर्ति व्यवस्थापनका लागि वडा नं. ६, ७ र ८ मा रहेका बाेरिङहरूलाई एकीकृत गरी हिलपार्कमा ३ लाख लिटरको ओभरहेड ट्यांकी निर्माण गर्ने र वितरण गर्ने व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

बुटवलमा लामो समयदेखि समस्याको रूपमा रहेको सुकुमबासी तथा अव्यवस्थित समस्या समाधानका लागि अल्पकालीन व्यवस्थाका रूपमा बसोवासको प्रमाणपत्र वितरण गरिने र यससम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गा नापजाँच गरी लालपुर्जा वितरणको काम अगाडि बढाइने कुरा पनि बजेट भाषणमा उल्लेख छ । 
बुटवल उपमहानगरले यसपटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख पुर्याएको छ । यस्तै, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीहरूलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने भएकोे छ । 

बुटवलले बजेटमार्फत जनतासँग प्रमुख, नगरप्रमुख, ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, क्षयरोगमुक्त अभियान, स्वस्थ जीवनशैलीका लागि योग, नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अवधारणा कार्यान्वयन गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । 


 

ad
ad
ad
ad