१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ७ मंगलबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अछामका डिएसपी तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार २o:१६:oo

प्रहरी प्रधान कार्यालयले अछाम जिल्लाको प्रहरी प्रमुखलाई हटाएको छ । डिएसपी रविराज थपलियालाई जिल्ला इन्चार्जको जिम्मेवारीबाट हटाएर डिएसपी नारायण डाँगीलाई पठाइएको छ । डिएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । 

पञ्चदेवल विनायक नगरपालिका– ४ का युवक विनोद शाहीको मृत्युपछि अछाम अशान्त बन्दै आएको छ । भिरबाट लडेको अवस्थामा उनको शव गत २१ जेठमा भेटिएको थियो । परिवारले उनको हत्या भएको आरोप लगाउँदै आएको छ । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट टोली खटिएको छ । 

तीन साता हुन लाग्दा पनि घटनाको अनुसन्धान टुंगिएको छैन । कमान्ड राम्रो नभएको आधारमा डिएसपी थपलियालाई हटाएर डाँगीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थपलियाको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ ।

ad
ad
ad
ad