मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ४ शनिबार
  • Thursday, 13 August, 2026
२o७९ असार ४ शनिबार १९:१५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार १९:१५:oo

जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी भएको छ । रुपन्देहीमा १६ वटा पालिका छन् । जिसस रुपन्देहीमा कांग्रेसको १३, एमालेको ११, लोसपाको ३, जनता प्रगतिशील पार्टीको २, माओवादी केन्द्र, जसपा र राप्रपाको एक एक मत थियो । 

गठबन्धनबाट प्रमुखमा कांग्रेसका उमाकान्त चपाई २० मत ल्याई विजयी भए । एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । एमालेलाई राप्रपाले समर्थन गरेको थियो । 
उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मत ल्याइन ।
महिला सदस्यमा कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुलमोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्याएर विजयी भएका छन् ।
यस्तै माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।