मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बुढीगंगा नगरमा २३ असारमा मतदान गराउने आयोगको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार o८:४४:oo

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित मतदान २३ असारमा गराउने तयारी सुरु गरेको छ । ७५३ पालिकामध्ये अन्य सबै पालिकामा निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि चयन भइसकेका छन् । ३० वैशाखमा बुढीगंगा नगरपालिकाका विभिन्न वडास्थित मतदान केन्द्रहरू आ–आफ्नो नियन्त्रणमा लिई केही राजनीतिक दलले मतदातालाई स्वतन्त्रतापूर्वक मतदान गर्नबाट वञ्चित गरेपछि निर्वाचन रद्द गरिएको थियो । 

स्थलगत अध्ययनपछि आयोग पुनः मतदान गराउने निर्णयमा पुगेको थियो । त्यसअनुसार २३ असारमा मतदान गराउने आयोगले तयारी थालेको हो । ‘निर्वाचनको नयाँ मिति तय गर्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई हुन्छ । २३ असारमा निर्वाचन गर्ने तयारी भएको जानकारी छ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने ।

यसैबीच, निर्वाचन आयोगले पाँच असारबाट स्थानीय तह निर्वाचनको समीक्षा सुरु गर्ने भएको छ । आयोगका सहप्रवक्ता अर्यालका अनुसार आयोगले सातै प्रदेशमा एकसाथ निर्वाचनबारे समीक्षा गर्न लागेको हो । ‘सातै प्रदेशको समीक्षापछि आयोगले असार १६ सम्ममा केन्द्रीय स्तरको समीक्षा गर्नेछ,’ उनले नयाँ पत्रिकासँग भने ।