मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २ बिहीबार १९:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिनीट्रक दुर्घटनामा चालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ असार २ बिहीबार १९:१६:००

काभ्रेस्थित खानीखोला गाउँपालिका– ४ पुरानागाउँमा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बिहीबार मिनीट्रक दुर्घटनामा चालक ललितपुरस्थित बागमती गाउँपालिकाका अन्दाजी ५८ वर्षीय रामप्रसाद तिमल्सिनाको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको उपचारको लागि धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको खतिवडाले जानकारी दिए । 

बा. ३ ख ५६२४ नम्बरको मिनीट्रक काठमाडौंबाट केन्द्रीय विद्युत् प्रसारण लाइनको तार लिई खानीखोला गाउँपालिका–३ मा पुर्याई फर्कने क्रममा वडा नं. ४ स्थित पुरानोगाउँमा दुर्घटना भएको खतिवडाले जानकारी दिए ।