१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ ३० सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस प्युठानमा गठबन्धनको प्यानलै निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार १६:५७:oo

जिल्ला समन्वय समिति प्युठानमा गठबन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिसस प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ।

कांग्रेसबाट टोपाराम कालाथोकी, माओवादी केन्द्रबाट तारा बिक, निर्मला पोख्रेल, राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्रबहादुर खड्का, खुमा अधिकारी र रेकम रसाइली जिल्ला समन्वय समितिको सदस्यमा निर्विरोध निर्वाचित भएकाे जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए।

दुई नगरपालिका र सात गाउँपालिका गरी १८ मतदाता रहेको प्युठानमा पाँचदलीय गठबन्धनबीच तालमेल भएको थियो। कांग्रेस सात, माओवादी चार, एमालेको चार र राष्ट्रिय जनमोर्चाको तीन मत थियो। एमालेले मनोनयन दर्ता गराएको थिएन।