१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ २९ आइतबार ०८:५२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रसारण लाइन मर्मत गर्न मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत् उत्पादन बन्द

Read Time : < 1 मिनेट
२०७९ जेठ २९ आइतबार ०८:५२:००

प्रसारण लाइन मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिएकाे छ 

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएको छ । मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको हो ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन बन्द हुने छ।

पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका– ८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिनेछ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत् पनि बन्द हुनेछ ।

करिब एक सय ५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्नेछ । आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरू दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुनेछ ।