१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Thursday, 03 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २७ शुक्रबार १५:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फाेहाेर प्रभावित स्थानीयसँग महामन्त्री थापाको प्रतिबद्धता : विश्वास गर्नुस् विगतका गल्ती दोहोर्‍याउँदैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार १५:४५:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन्। शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल्ड साइट बन्चरेडाँडा र सरोकारवाला निकायहरूबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन्।

काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको भन्दै उनले विगतमा गरिएका गल्ती नदोहोर्याउने स्थानीयसँग प्रतिबद्धता गरे। अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न पनि उनले स्थानीयहरूलाई आग्रह गरे।

‘१७० पटक सम्झौता भएको छ, तपाईंहरूलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला। यो हामीबाट नै भएको गल्ती हो। तर अब सहमति गर्नुनपर्ने गरीकन काम गर्छौं। अनुगमन समिति बनाएर काम गर्छौं। हामीलाई विश्वास गर्नुहोस्।’

महामन्त्री थापाले महामन्त्री जग्गा अधिग्रहण गर्ने विषय सबैभन्दा महत्वपूर्ण भएकाले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए। काठमाडौंमा यो वर्ष बनाउने भनिएका पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्नेमा उनको जोड छ।