१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:१६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई टेलिफोनमार्फत यस्तो निर्देशन दिएका हुन्।

खडक नगरपालिकाको कल्याणपुरका ६७ वर्षीय तेलीले मिटरब्याजमा सर्वसाधारणबाट करोडौँ असुल गरेकाे समाचार नयाँ पत्रिकामा प्रकाशित भएको थियो। साे समाचार प्रकाशित भएपछि प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई पक्राउ गर्न गृहमन्त्रीलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

तेलीले डेढ दशकयता मिटरब्याजमा सर्वसाधारणबाट करोडौँ असुल मात्रै गरेका छैनन्, साँवाको ६ गुना रकम उठाइसक्दा पनि ‘बन्धकी’ राखेको जग्गा फिर्ता गरेका छैनन् ।

नयाँ पत्रिकाले पछिल्लो समय सर्लाहीको चन्द्रनगर गाउँपालिका– ३ बडकुर्वाका साहुकार नरेश चौधरी, सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) र रामबाबु राय यादव, विराटनगर महानगरपालिका– ९ घोगापुल चोकमा बस्दै आएका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार, सप्तरी खडक नगरपालिकाको कल्याणपुर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीलगायतबाट पीडितहरूको समाचार प्रकाशन गरेको थियो ।

याे पनि पढ्नुहाेस् : १० लाख ऋणको ३२ लाख असुली, १६ कट्ठा जग्गा पनि कब्जा, ब्याज मिनाहा गर्छु भनेर तीन वर्षसम्म ‘यौन शोषण’

ad
ad