१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल ओमानसँग १३ रनले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo

अमेरिकामा भइरहेको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ।

अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको दुई सय १२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदा मात्र एक सय ९८ रन जोड्न सक्यो। ओमानले दिएको दुई सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ बलमा सबै विकेट गुमाउन पुगेको थियो।

सुरुवाती राम्रो गर्न नसकेको नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले। देव खनालले ३४ तथा रोहितकुमार पौडेलले २०  र दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे पनि नेपालको जितका लागि पर्याप्त भएन।

त्यस्तै, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले आठ रन जोड्दा ओपनर सुवास खकुरेल तीन तथा कप्तान सन्दीप लामिछाने दुई रनमा पवेलियन फर्किए। सुसन भारी शून्य रनमा अविजित रहे। बलिङतर्फ ओमानका जिसन मक्सुद र खबर अलीले तीन–तीन विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ११ रन जोडेको थियो। ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै एक सय चार रनको शतकीय इनिङ खेले। खबर अलिले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए। सुरज कुमार १२ रनमा आउट भए। नेपालका करण केसीले ३८ रन खर्चिएर पाँच विकेट लिए। करण सोमपाल कामी र सन्दीप लामिछानेपछि एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा पाँच विकेट लिने नेपालका तेस्रो खेलाडी पनि बनेका छन्।

यस्तै, सन्दीपले दुई तथा सोमपालले एक विकेट निकाले। यस हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपालले दोस्रो खेलमा आयोजक अमेरिकाविरुद्ध शनिबार खेल्नेछ।

ad
ad