१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वराजा वीरेन्द्रकाे सालिक राख्न खोज्दा धम्बोझी चोक तनावग्रस्त, हवाईफायरसँगै अश्रुग्यास प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२१:oo

नेपालगन्जस्थित धम्बोझीमा प्रहरीले दुई दर्जनभन्दा बढी हवाईफायरसँगै अश्रुग्यास प्रहार गरेको छ । राष्ट्रवादी युवाको समूहले धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाईफायरसँगै अश्रुग्यास प्रहार गरेको हो । 

युवाको समूहले पूर्वराजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डकै दिन नेपालगन्जस्थित धम्बोझी चोकमा राखेको वीरेन्द्रको सालिकलाई प्रहरीले धरपकड गरी झिकेर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । 

उनले सालिक राख्ने युवाको समूहमाथि प्रहरीले लाठी बर्साउनुका साथै हवाईफायर र अश्रुग्यास प्रहार गरी तितरबितर बनाएको बताए । ‘प्रहरीले युवामाथि लाठी बर्साएको छ । हवाईफायर र अश्रुग्यास प्रहार गरेर अमानवीय व्यवहार गरेको छ,’ उनले भने । 

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेलाई सम्पर्क गर्दा उनले दंगा भइहेकोले थप कुरा गर्ने अवस्थामा नरहेको जानकारी दिए । अहिले धम्बोझी क्षेत्र तनावग्रस्त बनेको छ । वीरेन्द्रको सालिक राख्ने समूह र प्रहरीबीच  झडप जारी रहेको उनले बताए । 

यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्वराजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडि हटेको थियो । धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावतसमेत गर्न दिएको छैन । 
 

ad
ad