मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार ०६:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाको नयाँ बाइक आर–१५ एम नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार ०६:१३:००

यामाहा नयाँ मोडलको बाइक आर–१५ एम आधिकारिक रूपमा बजारमा आएको छ । वैशाख १५ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेन्ज मेला’मा सार्वजनिक गरेको बाइक कम्पनीले सोमबारदेखि बजारमा ल्याएको हो । 

योे बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषतासहितको रहेको कम्पनीको दाबी छ । यो बाइक रेसिङ दुनियाँमा ख्याति कमाएका एम र आर–सिरिजजस्ता बाइकको पाँचौँ जेनेरेसन भएको कम्पनीले जनाएको छ । यो बाइक मुख्यतः ट्र्याक स्पिड, कर्भ र स्पोर्टस् बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीको भनाइ छ । यसमा रहेको नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाई–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’जस्ता विशेषताले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीको दाबी छ । 

 साथै, ‘एसिस्ट एन्ड स्लिपर क्लच’ र ‘भिभिए’जस्ता प्रणालीले यसलाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनीले जनाएको छ । ‘एसिस्ट एन्ड स्लिपर क्लच’को एडप्टेसनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेस’ कायम गर्न मद्दत पु¥याउँछ, जसले गर्दा गियरको ‘डाउन्ड–स्फिटिङ’ प्रक्रियालाई आरामदायी र सहज बनाउँछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टर्क प्रदान गर्छ ।

यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्था र अनुकूलताअनुसार ‘ट्र्याक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुविधा रहेको जनाइएको छ । एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एप स्टोर’मा उपलब्ध ‘वाई कनेक्ट’ एप बाइकसँग ब्लुटुथमार्फत जोडेपछि बाइकका विभिन्न फङ्सनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।

जसअनुसार गियर सिफ्ट इन्डिकेटर, फ्युल कन्जम्पसन इन्डिकेटर, सिफ्ट–टाइमिङ लाइट, भिभिए इन्डिकेटर, ट्र्याक्सन कन्ट्रोल इन्डिकेटर, मोबाइल फोनको ब्याट्री लेभल, मेन्टेनेन्स रिकमेन्डेसन, पार्किङ लोकेसन, मालफङ्सन नोटिफिकेसन र रेभ ड्यासबोर्ड र स्मार्ट फोनमा रेटिङ देखिने कम्पनीको दाबी छ । यसका साथै वाई कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेसन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको जनाइएको छ । 
कम्पनीले यसको मूल्य पाँच लाख ७९ हजार नौ सय रुपैयाँ तोकेको छ । यो बाइक लन्चसँगै कम्पनीले ‘रोड टू मोटो जिपी’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनामा जुनसुकै यामाहा बाइक खरिद गर्ने चार भाग्यशाली विजेताले यामाहा प्याडडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्यान्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने अवसर पाउने जनाइएको छ ।