
भरतपुर महानगरपालिकाकाे मेयरमा पुनः रेनु दाहाल विजयी भएकी छिन् । पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहाल दोस्रो कार्यकालका लागि मेयरमा विजयी भएकी हुन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।
दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गरिन् भने एमालेका सुवेदीले ३९ हजार पाँच सय ८१ मत प्राप्त गरी पराजित भए । यस्तै, स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार सात सय २८ मत प्राप्त गरे ।
यसैगरी, उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार अधिकारीले राप्रपाका हिमला गुरुङलाई २२ हजार एक सय ९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार आठ सय तीन मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरे ।