
२०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म २५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने, २५ र २६ वडाको मतगणना भइरहेको छ ।
१ लाख १५ हजार ९ सय ११ मतगणना हुँदासम्म दाहालले ११ हजार ३ सय ७२ मतान्तर बनाएकी छिन् । उनलाई ३५ हजार ५ सय २७ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार २ सय १५ मत ल्याएका छन् ।
अब ११ हजार ९ सय २८ मत गन्न बाँकी छ ।
उपमेयरमा अधिकारी विजयी
भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजयी हुन पर्याप्त मत ल्याएका हुन् ।,
गठबन्धनका उम्मेदवार अधिकारीले ४७ हजार ८ सय ४ मत ल्याएका छन् । अधिकारीले प्रतिद्वन्द्वी राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङलाई १९ हजार ९ सय १८ ले पछाडि पारेका छन् ।
अब भरतपुरमा गन्न बाँकी मतभन्दा अधिकारीको मतान्तर बढी भइसकेको छ ।