मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Friday, 14 August, 2026
२o७९ जेठ ९ सोमबार १२:१५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पाँचखालको मेयरमा दोहोरिए खरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १२:१५:oo

काभ्रेकाे पाँचखाल नगरपालिकाको मेयरमा महेश खरेल दाेहाेरिएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खरेल दाेस्राे कार्यकालका लागि प्रमुखमा निर्वाचित भएका हुन्। यसअघि ०७४ काे निर्वाचनमा पनि उनी कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए।

उपप्रमुखमा एमालेकी सूर्यमाया दनुवार विजयी भएकी छन्। मतगणनाकाे अन्तिम परिणामअनुसार खरेलले १२ हजार आठ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेबाट उम्मेदवार बनेकी दनुवारले नौ हजार पाँच सय ३४ मत प्राप्त गरेकी छिन्। मेयर पदका निकटतम प्रतिस्पर्धी  एमालेका कञ्चन अधिकारीले आठ हजार एक सय १५ मत प्राप्त गर्दा उपप्रमुखका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि)ले नौ हजार १० मत प्राप्त गरेका छन्।

त्यस्तै वडाहरूमा क्रमशः वडा नं. १ मा माओवादी केन्द्रका जयबहादुर तामाङ, २ मा  कांग्रेसका रामेश्वर दाहाल, ३ मा कांग्रेसकै सुन्दर अधिकारी, ४ मा कांग्रेसकै सुन्दर तामाङ, ५ मा एमालेका सीताराम ढुंगाना र ६ मा एकीकृत समाजवादीका रामशरण दुलाल विजयी भएका छन्।

त्यसैगरी, वडा नं. ७ मा कांग्रेसका रामकृष्ण दंगाल, ८ मा कांग्रेसकै सञ्जय तामाङ, ९ मा एमालेका रामकाजी श्रेष्ठ, १० मा एमालेकै नारायणप्रसाद सापकोटा, ११ मा कांग्रेसका हीराकाजी तामाङ, १२ मा कांग्रेसका ज्ञानबहादुर दनुवार र १३ मा कांग्रेसकै सुकुवीर तामाङ विजयी भएका छन्।