१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Wednesday, 02 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ ९ सोमबार ११:३o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भीमदत्त– १३ मा कांग्रेसका बागी उम्मेदवार झक्कास विजयी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार ११:३o:oo

कञ्चनपुरको भीमदत्त नगरपालिका– १३ मा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन् । पुतली चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका रामबहादुर बोहरा ‘झक्कास’ निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिमाणअनुसार स्वतन्त्र उम्मेदवार झक्कास  एमाले, कांग्रेस र राप्रपाका उम्मेदवारलाई पछि पार्दै  वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

झक्कास आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका खेमराज पन्तलाई एक सय आठ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् । झक्कासले ६ सय ४६, पन्तले पाँच सय ३८ मत ल्याएका थिए  भने कांग्रेसका सुरेन्द्रबहादुर सिंहले एक सय ६२, राप्रपाका प्रकाश थापाले ६७ मत ल्याएका छन् । 

झन्डै दुई दशक कांग्रेसको राजनीतिमा सक्रिय रहेका झक्कासलाई यसपटक पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । कांग्रेस क्षेत्रीय प्रतिनिधि रहेका झक्कासले कांग्रेसकै निर्वाचन क्षेत्र नम्बर ३ का कोषाध्यक्ष सिंहलाई पराजित गरेका छन् ।

उनले कोषाध्यक्ष सिंहभन्दा दुई सय ७७ मत बढी ल्याएका थिए । पार्टीको आधिकारिक उम्मेदवार सिंहविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसले झक्कासलाई कारबाही गरेको थियो । ‘जो कारबाहीमा परेका थिए उनैले जिते,’ भीमदत्त नगरपालिका– १३ का निवर्तमान अध्यक्ष लालबहादुर शाहीले भने, ‘जो जनताका लागि रातदिन खट्ने उनलाई जनताले चिने, तर नेताले चिनेनन् ।’ 

पार्टीभित्र टिकट वितरणमा को जनतामा लोकप्रिय छ भन्नेबारेमा नेताले ख्याल नगर्दाको परिमाण भएको उनको भनाइ छ ।