१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुखमा निर्वाचित पदम बोगटी
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २४ सोमबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४o:oo

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । भीमदत्त नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा कांग्रेसले जितेको हो । भीमदत्त नगरको मेयरका कांग्रेस जिल्ला सभापति पदम बोगटी निर्वाचित भएका छन् ।

बोगटी राप्रपा / एमालेका उम्मेदवारभन्दा दोब्बर मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । बोगटीले एमालेका उम्मेदवार महेश पन्तभन्दा सात हजार सात सय तीन र राप्रपाका उम्मेदवार गजेन्द्र चन्दभन्दा आठ हजार सात सय ७७ मत बढी ल्याएर नगर प्रमुखमा निर्वाचित भएका छन् । मेयर बोगटीले १५ हजार आठ सय ८२, एमालेका पन्तले आठ हजार एक सय ७६, राप्रपाका गजेन्द्रबहादुर चन्दले सात हजार एक सय पाँच मत ल्याएका थिए । 

गठबन्धनका राजेन्द्र पाण्डेयले तीन हजार चार सय ५२ मत ल्याएका थिए । यस्तै, उपप्रमुखमा कांग्रेसकै नेतृ निलम लेखक निर्वाचित भएकी छिन् । लेखकले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादीका कृष्णदत्त जोशी (बोक्सर)लाई एक हजार ६ सय २० मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित भएकी छिन् । 

निलमले १२ हजार दुई सय १६, माओवादीका बोक्सरले १० हजार पाँच सय ९६ मत ल्याएका थिए । एमालेकी भुवन कुँवर (केसी)ले सात हजार नाै सय ९० मत ल्याएकी छिन् । कांग्रेसका बोगटी यसअघि एमालेका सुरेन्द्र विष्टसँग एक सय ६२ मतले पराजित भएका थिए । भीमदत्त नगरपालिकामा एक स्वतन्त्र, दुई माओवादी, तीन एमाले र १३ वडा कांग्रेसले जितेको छ । 

 
 

ad
ad