१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Sunday, 06 July, 2025
२o७९ जेठ ८ आइतबार ११:१४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र र उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार ११:१४:oo

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गर्दै हमाल मेयरमा निर्वाचित भएका हुन् ।

हमालले २६ हजार आठ सय ६५ मत प्राप्त गरेका छन् । वडले १४ हजार आठ सय १७ मत पाए । धनगढीको निवर्तमान मेयर वड कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार एक सय १५ मत पाए । हमालले मतगणनाको सुरुवातबाटै दोब्बरले अग्रता बनाएका थिए ।

जितसँगै हमालले ०७४ को निर्वाचनमा व्यहोरेको हारको बदला लिएका छन् ।त्यतिवेलाको निर्वाचनमा हमाललाई दुई हजार सात सयको मतान्तरले पराजित गर्दै वड मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार चार सय ७९ मतसहित निर्वाचित भइन् । गठबन्धको तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६ सय ७० मत पाइन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस कैलालीका पूर्वकोषाध्यक्ष प्रभाकर भण्डारीले ६ हजार ६ सय नाै मत पाए।