१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ ८ आइतबार ११:००:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कञ्चनपुरको पुनर्वास– ८ मा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ जेठ ८ आइतबार ११:००:००

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राना वडामा प्यानलसहित विजयी

कञ्चनपुरमा पनि एकजना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । पुनर्वास नगरपालिका– ८ काे वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राना श्रवण निर्वाचित भएका हुन् । उनले आठ सय १८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका परि रावलले चार सय ५८ मत प्राप्त गरी पराजित भए । 

कांग्रेसबाट टिकट नपाएपछि रानाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसअघि ०७४ मा कांग्रेसबाट निर्वाचित रानालाई यसपटक पार्टीले टिकट दिएको थिएन । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवार बनेर जितेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले आइतबार घोषणा गरेको मतपरिमाणअनुसार राना कांग्रेसका उम्मेदवारलाई तीन सय ६० मतको अन्तरले हराउँदै पुन: वडाध्यक्षमा निर्वाचित भएका छन् । 

स्वतन्त्र उम्मेदवार रानाले आफूले मात्रै जितेनन्, सिंगाे स्वतन्त्र प्यानलै जिताएका छन् । सदस्यतर्फ दिपेश मल्ल, दुलेराम राना, देवकी कार्की, लक्ष्मी सुनार निर्वाचित भएका छन् । 

पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा बागी दिएको भन्दै कांग्रेसले रानालाई कारबाहीसमेत गरेको छ । रानालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । रानासहित कांग्रेस कञ्चनपुरले आधिकारिक पार्टीको विरुद्धमा उम्मेदवारी दिएको भन्दै १२ जना स्वतन्त्र उम्मेदवारलाई समेत कारबाही गरेको थियो।