मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Wednesday, 09 July, 2025
२o७९ जेठ ८ आइतबार o९:२४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार o९:२४:oo

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपालबाट सन्तोषकुमार महतो पुनः निर्वाचित भएका छन् । उनी तीन सय १० मतान्तरले विजयी भएका छन् । 

निर्वाचन कार्यालय बरियारपट्टीले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार अध्यक्षमा महतोले तीन हजार आठ सय ४४ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार पाँच सय ३४ मत पाएका छन् । माओवादी केन्द्रका अजयकुमार यादवले दुई हजार चार सय ७३ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसबाट ममताकुमारी यादव पाँच सय १२ मतान्तरले निर्वाचित भएकी छिन् । उनले तीन हजार नाै सय ९७ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन हजार चार सय ८५ मत पाएकी छिन् । माओवादी केन्द्रका सुनैनाकुमारी यादवले दुई हजार तीन सय २४ मत पाएकी छिन् ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४, ५ मा कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रवाट वडाध्यक्ष विजयी भएका छन् । ०७४ को चुनावमा जसपाले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।