१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको जित सुनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५३:oo

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । सात हजार ४८९ मत गणना बाँकी रहँदै निकटतम् प्रतिस्पर्धीभन्दा ११ हजार ७५८ मतले अगाडि रहेका उनले २४ हजार ५२९ मत पाएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नृपबहादुर बडले १२ हजार ७७१ मत पाएका छन् । बड निवर्तमान मेयर हुन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमाललाई बडले पराजित गरेका थिए । सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता  हमाल यस क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् । धनगढीमा कुल खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गणना सकिएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द सात हजार ३८६ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने गठबन्धनबाट माओवादीका उम्मेदवार शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन् । सुरुवाती अग्रता लिइरहेकी अधिकारी एक हजार पाँच मतले पछि परेकी छिन् । रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले छ हजार ३११ मत पाएका छन् । उनी नेपाली कांग्रेस कैलालीका पूर्वकोषाध्यक्ष हुन् । 


 

ad
ad