१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ७ शनिबार १७:४६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिकामा माओवादी विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार १७:४६:००

सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान मेयरमा श्रवणकुमार यादव र उपमेयरमा जिवछी देवी निर्वाचित भएको घोषणा गरेको हो । मिर्चैयाका निवर्तमान मेयरसमेत रहेका यादवले पाँच हजार दुई सय ३३ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम यादवले चार हजार सात सय १० मत ल्याए । 

उपमेयरमा निर्वाचित जिवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छिन् । उनले पाँच हजार ७० मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी साहले पाँच हजार २६ मत प्राप्त गरेकी छिन् । 
१२ वडा रहेको मिर्चैयामा एमालेले २, ५, ७, १०, ११, माओवादी केन्द्रले १, ६, ८, ९, जनमत पार्टीले ४, नेकपा (एकीकृत समाजवादी) ले १२ र स्वतन्त्र महिलाले ३ नं. वडामा जित निकालेका छन् ।