रूपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्र प्रसाद शर्मा विजयी भएका छन् । उनले निर्वतमान नगर प्रमुख चित्रबहादुर कार्कीलाई ५ सय ८२ मतले पराजित गरेका हुन् । शर्माले १५ हजार ६ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखमा एमालेकी बिना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।