१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Monday, 01 July, 2024
२o७९ जेठ ७ शनिबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरमा नवनिर्वाचित दुई प्रमुख र चार अध्यक्षले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार १६:४७:oo

उदयपुरका दुई नगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षले पदीय गोपनीयताको शपथ लिएका छन्। शनिबार जिल्ला अदातल गाईघाटमा जिल्ला न्यायाधीश दीपक खनालबाट प्रमुख तथा अध्यक्षहरूले शपथ लिएका हुन्।

चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामा, बेलका नगरपालिका प्रमुख अशोक कार्की, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले शपथ लिएका हुन्।

जिल्ला न्यायाधीश खनालले प्रमुख तथा अध्यक्षहरुले शपथ लिएको सात दिनभित्र नवनिर्वाचित उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई शपथ पालिकाका अध्यक्ष तथा प्रमुखले शपथग्रहण गराउनुपर्ने जानकारी दिए।

उदयपुरका आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा मतगणना जारी छ भने त्रियुगा नगरपालिकामा अझै पनि मतगणना सुरु हुन सकेको छैन।

ad
ad
ad
ad