
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार विनोदकुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि कांग्रेसकै कुमारीप्रियंका शाही सिंह ४ हजार ४ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन् ।