१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ७ शनिबार १०:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार १०:३१:००

बाँकेकोको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका सैयद इस्तियाक अहमद शाह र जयन्तीदेवी श्रीवास्तव दोस्रो कार्यकालका लागि विजयी भएका छन्। 

शनिबार सम्पन्न मतगणनाअनुसार जसपाका अध्यक्षका उम्मेदवार शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र मौर्यले तीन हजार ६ सय ८५ मत पाए । एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार पद्मावती यादवले तीन हजार एक सय २२ पाइन् । 

यसैगरी, उपाध्यक्षमा जसपाकी जयन्तीदेवी श्रीवास्तवले तीन हजार आठ सय ७९ मत पाएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अतिकुन निशाले तीन हजार ६ सय ७२ मत पाइन् । एमालेका पञ्चराम यादवले दुई हजार आठ सय चार मत पाएका छन् ।