१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी (दायाँ) एमालेका उम्मेदवार टिकाराम खड्का (बायाँ)
२०७९ जेठ ७ शनिबार १०:०९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तुलसीपुर उपमहानगर : गठबन्धनलाई पछि पार्दै एमाले अगाडि

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार १०:०९:००

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । २७ हजार ८३ मत गन्दा एमालेका टीकाराम खड्का एक सय ८३ मतले अघि छन् ।

उनले ११ हजार दुई सय ५६ मत प्राप्त गरेका छन् ।  यता गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ७३ मत ल्याएका छन् । 

उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले १० हजार पाँच सय ४२ मत प्राप्त गरेर अग्रस्थानमा छन् भने गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले आठ हजार पाँच सय २६ मत ल्याएका छन् । उपमेयरमा स्यानी सुरुदेखि नै अग्रस्थानमा छन् । 

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४हजार तीन सय ३६ जनाले मतदान गरेका थिए ।