मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ७ शनिबार ०९:१८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

ललितपुरको महालक्ष्मी नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार ०९:१८:००

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी भएका श्रेष्ठले नौ हजार तीन सय ५० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत प्राप्त गरे । 

उपप्रमुखमा विजयी महर्जनले नौ हजार पाँच सय ९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत प्राप्त गरे । नगरपालिकाका १० वडामध्ये एमालेका उम्मेदवार ६ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेका छन् ।

एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री, वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी भए । 

कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा नम्बर ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी भए । माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी भए ।