Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ७ शनिबार ०९:०९:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विराटनगर महानगरका वडामा एमाले तेब्बरले बढी, खुम्चिए कांग्रेस र जसपा, माओवादी–समाजवादी शून्य

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ७ शनिबार ०९:०९:००

विराटनगर महानगरपालिकामा एमालेले वडाध्यक्षहरूको संख्या तेब्बर बनाएको छ। तर, कांग्रेसले दोब्बर र जनता समाजवादीले तेब्बर घटाएका छन्। विराटनगर महानगरपालिकाको जम्मा १९ वडामध्ये नाैवटा वडामा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् । यहाँ एमालेले पहिले तीनवटा वडा मात्र जितेको थियो । २०७४ मा दशवटा वडा जित्न सफल कांग्रेसले यसपाली ६ वडा मात्र जितेको छ । पहिले आठ वडा जितेको जसपा यसपालि दुई  वडामा खुम्चिएको छ।  

विराटनगर महानगरमा राप्रपाले एक र स्वतन्त्रले एक वडा जितेका छन् । यहाँ एकीकृत समाजवादी र माओवादी केन्द्रले एउटा पनि वडा जित्न सकेनन् । विराटनगर महानगरको १ नम्बर वडामा एमालेका काजीबहादुर बस्नेत, २ मा कुमार पोखरेल ३ मा वासुबहादुर बस्नेत ४ मा जितन थापा ८ मा राम पोखरेल १० मा अर्जुन गिरी ११ मा तीर्थेन्द्र न्यौपाने १४ मा सूर्यनारायण महतो र १९ नम्बर वडामा एमालेका श्याम घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् । 

कांग्रेसबाट ५ नम्बरमा सन्तोष न्यौपाने ६ नम्बरमा हरिशचन्द्र सहनी ७ मा मधुबाबु तिवारी ९ मा विश्वनाथ भगत १५ मा प्रकाश साह र १६ मा उद्धवकुमार भुजेल विजयी भएका छन् । जनता समाजवादीबाट वडा नम्बर १७ मा समिम कमर मियाँ र १२ नम्बरमा हिरालाल कामत विजयी भएका छन् । वडा नं १३ मा राप्रपाका सुर्यलाल  यादव र १८ मा स्वतन्त्रतर्फका जितेन्द्रकुमार साह वडाध्यक्षमा निर्वाचित भएका छन् । 

२०७४ को निर्वाचनमा १० वडा जितेको कांग्रेस यसपाली ६ र ७ वडा जितेको जसपा २ वडामा खुम्चिएको छ । पहिले ३ वडा मात्र जितेको एमालेले नाैवटा वडामा नेतृत्व लिएको छ । पहिले एउटा पनि वडा जित्न नसकेको राप्रपाले यसपालि एउटा वडा जितेर विराटनगरमा आफनो उपस्थिति बढाएको छ । विराटनगरमा माओवादी केन्द्र र एकीकृत समाजवादीले एउटा सदस्य समेत जित्न सकेनन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले एउटा वडा जितेको भए पनि यसपालि त्यो पनि जोगाउन सकेन । 

केन्द्रीय तहबाट प्रमुख र उपप्रमुखमा गठबन्धन भए पनि वडा तहमा कांग्रेस र जसपाले गठबन्धन गर्न नचाहँदा माओवादी केन्द्र र एकीकृत समाजवादीले सदस्यसमेत जिताउन नसकेको नेता कार्यकर्ताहरू बताउँछन् । विराटनगरमा  गठबन्धनबाट कांग्रेसका नागेश कोइराला प्रमुखमा र उपप्रमुखमा एमालेकी शिल्पा कार्की निर्वाचित भएका छन् ।