१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा रेनु ५१६७ मतसहित अग्रस्थानमा, एमालेको पकडमा रेनुलाई पपुलर मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल पाँच हजार एक सय ६७ मतान्तरले अगाडि छिन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार ७० हजार सात सय ७५ मत गणना गर्दा दाहालको २७ हजार पाँच सय २३ मत आएको छ ।

त्यस्तै, एमालेका उम्मेदवार विजय सुवेदीको २२ हजार तीन सय ६० मत आएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको नौ हजार ६ सय दुई मत आएको छ । उपमेमयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी २९ हजार ६ सय ७५ मतसहित अग्रस्थानमा छन् ।

उनलाई  १७ हजार तीन सय ९३ मतसहित एमाले–राप्रपा गठबन्धनकी हिमला गुरुङले पछ्याइरहेकी छिन् ।  अहिले भरतपुर १५ को मतगणना भइरहेको छ । सोही वडामा एमालेले आफ्नो पकड भने पनि रेनु दाहाललाई पपुलर भोट आइरहेको छ । 


 

ad
ad