मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ जेठ ७ शनिबार o६:२२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहाको औरही गाउँपालिकामा जसपा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार o६:२२:oo

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपलिकामा जनता समाजवादी पार्टी नेपालले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । निर्वाचन  अधिकृतको कार्यालय औरहीका प्रमुख पताम्बर गौतमका अनुसार शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम बमोजिम जसपाका शिवजी यादव एक हजार तीन सय ७६ मतान्तरसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यादवले तीन हजार चार सय ६० मत प्राप्त गरेका छन् भने औरहीका निवर्तमान अध्यक्षसमेत रहेका माओवादी केन्द्रबाट अध्यक्ष पदका प्रत्यासी सिद्धार्थ यादवले दुई जार ८४ मत प्राप्त गरेका छन् । 

जसपाकै रेणुकुमारी यादव तीन हजार पाँच सय ५६ मतसहित उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिद्धन्दी माओवादी केन्द्रकी विनिताकुमारी यादवले दुई हजार ७५ मत ल्याएकी छन् । औरहीको पाँच वडामध्ये जसपाले १, ३ र ५, एमालेले २ र माओवादी केन्द्रले ४ नं. वडामा जित निकालेको छ । 

२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष पदमा शिवजी निवर्तमान अध्यक्षसँग छ मतले पराजित भएका थिए ।