मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Friday, 28 August, 2026
२o७९ जेठ ७ शनिबार o६:१८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हेटौंडाको पहिलो महिला मेयर बनिन् लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार o६:१८:oo

 गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेकी छन् ।निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा हेटौंडाको पहिलो महिला मेयर निर्वाचित भएकी हुन् । यसअघि २०७४ मा नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी लामाले एमालेका पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी हुन् । 

 लामाले २३ हजार ७५ र पौडेलले २० हजार नौ सय ८ मत ल्याएका छन् । मतको आधारमा तेस्रो भएका राप्रपाका दीपक सिंहले २० हजार ६ सय ३१ मत ल्याए । १९ वडाबाट ७३ हजार ४ सय १४ मतदान संख्या रहेको हेटौंडाको मतगणनाको क्रममा लामाले पहिलो र दोस्रो स्थान हासिल गर्दै पौडेललाई पछाडि पारिरहेकी थिइन् ।
 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयर बनेका छन् ।

२०७४ को निर्वाचनबाट हेटौंडा–५ को वडा अध्यक्ष बनेका बानियाँ नेकपा एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६ सय ८७ मतान्तरले पराजित गर्दै उपमेयर निर्वाचित भएका हुन् । उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३, पौडेलले २३ हजार ९ सय ६ र तेस्रो स्थानमा रहेकी राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८४ मत ल्याए ।