मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ जेठ ६ शुक्रबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक नभई सामाजिक भावनाले काम गर्छु : मेयर तिवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १८:oo:oo

पर्वतको फलेबास नगरपालिकाको मेयरमा निर्वाचित गंगाधर तिवारीले आफू गठबन्धनबाट निर्वाचित भएको भए पनि साझा प्रतिनिधि भएको बताएका छन्। नगरप्रमुखको पदभार ग्रहण गर्दै उनले समभाव राखेर नगरको समृद्धिका लागि काम गर्ने बताए। ‘प्राविधिक रूपमा कुनै दलबाट निर्वाचित भएको भए पनि म अब सबैको साझा प्रतिनिधि हो,’ उनले भने, ‘नगरको विकासका लागि सबैको साथ लिएर अघि बढ्नेछु।’ 

नगरको विकासका लागि यो दल वा अर्को दल भनेर भन्न नहुने उनले बताए। आफूले राजनीतिक नभई सामाजिक भावनाले नगरको भलाइमा काम गर्ने बताए। उनले नगरवासीले जनप्रतिनिधिहरूलाई खबरदारी गरिरहनुपर्ने बताए। खबरदारीलाई आफूले हार्दिकतापूर्वक लिने उनको भनाइ छ। सबैको पहुँच क्षमता र भिजन प्रयोग गरेर नगरलाई नेपालको नमुना बनाउनुपर्ने उनले बताए।

उनले आफ्नो तलबभत्ता सहायता कोषमा जम्मा गर्नेसमेत घोषणा गरेका छन्। नगरप्रमुखले प्रयोग गर्दै आएको सवारीलाई तत्काल एम्बुलेन्स बनाउनेसमेत उनले बताए।