१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २५ मंगलबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कालीकोटको पचालझरनामा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:१६:oo

कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका छन् । अध्यक्षमा शाहीले दुई हजार तीन सय ६२ मत ल्याएर विजयी भएको र बमले दुई हजार तिन सय ९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । 

अध्यक्षमा शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार सात सय २९ मत ल्याए भने उपाध्यक्ष बमका निकटतम प्रतिद्वन्द्वी एमालेका रन रोकायाले एक हजार दुई सय ३६ मत ल्याए । नौवटा वडा रहेको गाउँपालिकामा आठवटा वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा नेपाली कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । 

ad
ad