रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारू विजयी भएका हुन् । घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारूले सात हजार दुई सय ६८ मत ल्याए । 

त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकै तारा थारू आठ हजार नाै सय ९० मत ल्याई विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एमालेकी अमृता गुरुङले सात हजार दुई सय ६९ मत प्राप्त गरिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार