मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ६ शुक्रबार १४:३७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार १४:३७:००

गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार निमा लामा एक हजार ६ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनबहादुर गुरुङले एक हजार तीन सय सय ११ मत प्राप्त गरे । गुरुङ यसअघिका गाउँपालिका अध्यक्ष हुन् । 

उपाध्यक्षमा विजयी भएकी माओवादीकी लक्ष्मी गुरुङले एक हजार पाँच सय सय ६५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी मेतोक छोकी लामाले एक हजार तीन सय ७ मत प्राप्त गरिन् ।

सातवटा वडा रहेको गाउँपालिकामा माओवादीले ३ र ६ गरी दुईवटा मात्र वडामा जित हासिल गरेको छ । कांग्रेसले १, २, ४, ५ र ७ नम्बर वडामा विजयी भएको छ । 

योसँगै, ११ स्थानीय तह रहेको गोरखामा नौवटा पालिका माओवादी केन्द्रले जितेको छ भने दुईवटा पालिका नेपाली कांग्रेसले जितेको छ ।