Skip This
रामचन्द्र पौडेलको वडामा कांग्रेस विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

रामचन्द्र पौडेलको वडामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २o:४३:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता रहेको व्यास नगरपालिका–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ ८०७ मतसहित विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राकु श्रेष्ठले ३९० मत ल्याएका थिए । श्रेष्ठले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए । 

वडा सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा रफत साना मिया र दलित महिला सदस्यमा सविता रसाइली विजयी भएका छन् । व्यास नगरपालिका–३ मा पनि कांग्रेसका वडाध्यक्ष अनुप रानासहित प्यानलै विजयी भएको छ । बाँकी वडाको भने मतगणना जारी छ ।

ad
ad