Skip This
सप्तरीको बालन बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टी विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २६ बुधबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सप्तरीको बालन बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टी विजयी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१२:oo

सप्तरीको बालन बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टीले जित निकालेको छ। जनमत पार्टीबाट अध्यक्षमा खेमचन्द्र यादव अध्यक्ष र उपाध्यक्षमा रेणु यादव विजयी भएका हुन्। जितका लागि खेमचन्द्र यादवले २ हजार ९९४ मत ल्याएका छन। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत ल्याए।

उपाध्यक्षमा रेणुले २ हजार ६९० मत ल्याएर निर्वाचित भएकी छिन्। उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशदेवी मण्डलले २ हजार ३०४ मत प्राप्त गरिन्।

गत निर्वाचनमा निर्वाचित जसपाका दयानन्द गोइत तेस्रो भएका छन्। मतदाता बढेकोमा उनले पुरानै मत सुरक्षित गर्न नसक्दा पराजय बेहोर्नुपरेको छ। दयानन्दले गत निर्वाचनमा २ हजार २३८ मत ल्याउँदा अध्यक्ष निर्वाचित भएका थिए। यसपटक उनले २ हजार २०३ मत मात्र ल्याए। एमालेबाट अरुणकुमार गोइतले २ हजार १७२ मत ल्याएर चौथो भए।
 

ad
ad