१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ५ बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

८० प्रतिशत स्थानीय तहको मतपरिणाम सार्वजनिक : आयाेग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १८:oo:oo

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मतपरिणाम आइसकेको बताएको छ। आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मतपरिणाम आइसकेको बताएका हुन्।

उनका अनुसार हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको छ। जसमध्ये प्रमुख र उपप्रमुखमा समान १७४, अध्यक्ष र उपाध्यक्ष समान ३९६, वडाध्यक्षमा पाँच हजार ६५९, महिला सदस्यमा पाँच हजार ६५३, दलित महिला सदस्यमा पाँच हजार ५५६ र वडा सदस्यमा एक हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको उनले जानकारी दिए।