
काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार ६ सय ९१ मतान्तरले अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार आठ सय १५ मत ल्याएका छन् ।
उनलाई एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार एक सय २४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहको १० हजार तीन सय ४१ मत आएको छ ।