Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ५ बिहीबार ०९:१८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा माओवादी केन्द्र विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार ०९:१८:००

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । पालुङटारमा जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्र विजयी भएको हो ।

माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार विवश चिन्तन (अजय) ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका मेयर पदका उम्मेदवार प्रेम गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गरे । 

माओवादीका मेयरका उम्मेदवार चिन्तनसँग गठबन्धनका उम्मेदवार गुरुङ तीन सय ५५ मतले पराजित भएका हुन् । कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले चार हजार नाै सय ९७ मत प्राप्त गरे । उनी पालुङटार नगरपालिकाका निवर्तमान मेयर हुन् ।

त्यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डे विजयी भएकी छिन् । उनले पाँच हजार पाँच सय ७९ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत पाएकी छिन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने चार हजार दुई सय ८१ मतका साथ तेस्रो भइन् ।

१० वटा वडा रहेको पालुङटार नगरपालिकामा जसपाले वडा नं. १, ५, र ८ मा जित हात पारेको छ । माओवादीले वडा नं २, ४, ७ र १० मा जित हात पारेको छ ।  कांग्रेसले वडा नं. ३, ६ र ९ जितेको छ ।