१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ १ मंगलबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मन्त्रीका छोरालाई हराउँदै हनुमाननगरमा जनमत पार्टीका माझी विजयी 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:२६:oo

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् ।

साह निवर्तमान मेयर हुन् भने सप्तरी निर्वाचन क्षेत्र नं १(ख) को प्रदेश सभा सदस्य एवं मधेस प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । त्यस्तै, उपमेयरमा जसपाकी उम्मेदवार सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन् ।
 

ad
ad