मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Thursday, 13 August, 2026
सोनी राई सोलुखुम्बु
२o७९ जेठ ४ बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सोलुदुधकुण्डको मेयर र उपमेयरमा कांग्रेसका शेर्पा र तामाङ विजयी

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १७:२४:oo

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा कांग्रेस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा दोहोरिएका छन्। नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ५७८ मतले पछि पार्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

नाम्गेल जाङ्बुले ४८६८ मत ल्याउँदा एमालेका आङकाजीले ४२९० मत ल्याएका छन्। मेयरका अर्का प्रत्याशी माओवादी केन्द्रका ङिमातेन्डुप शेर्पाले ११८७ मत ल्याएका छन्।

उपमेयरमा पनि कांग्रेसकै गान्धीमाया तामाङ विजयी भएकी छिन्। कांग्रेस महाधिवेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्यसमेत रहेकी तामाङले ४३८५ मत ल्याएर जित हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मोहनकुमारी कार्कीले ४२७३ मत पाएकी छन्। माओवादी केन्द्रकी उम्मेदवार शारदामाया तामाङ १०८९ मतमा सीमित भएकी छिन्।

११ वटा वडा रहेको यस नगरपालिकाका ६ वटा वडामा कांग्रेस, ४ वडामा एमाले र एक वडामा माओवादी केन्द्रका उम्मेदवारले वडाध्यक्ष जितेका छन्।