मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Tuesday, 01 September, 2026
२o७९ जेठ ४ बुधबार १३:४o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपाका पाण्डेय विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १३:४o:oo

महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा दिलीपकुमार पाण्डेय विजयी भएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका पाण्डेय जसपाका अजयजंग रायलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। पाण्डेयले दुई हजार तीन सय ३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रायले दुई हजार दुई सय आठ मत ल्याएका छन्।

यता, गाउँपालिका उपाध्यक्षमा जसपाकी दीपोदेवी पासवान विजयी भएकी छिन्। तमलोपाकी ललितादेवी साहलाई ७३ मतान्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्। पासवानले दुई हजार ६४ मत ल्याउँदा उनकी प्रतिस्पर्धी साहले एक हजार नाै सय ९१ मत प्राप्त गरेकी छिन्।

वडाध्यक्षहरूमा क्रमशः १ मा लोसपाका रञ्जितकुमार चौधरी, २ मा जसपाका सञ्जयकुमार यादव, ३ मा शम्भुकुमार दास, ४ मा तमलोपाका सञ्जयकुमार ठाकुर, ५ मा कांग्रेसका रामजीवन साह र ६ मा लोसपाका सन्त साह सुडी विजयी भएका छन्।